खेल

म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगियो

म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिगका लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ ।

लिगमा लगातार १८ खेल जितेर प्रिमियर लिगकाे इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएकाे सिटी अाइतबार राति भएकाे खेलमा क्रिष्टल प्यालेससँग गाेलरहित बराबरीमा राेकियाे । याे सिजनमा अहिलेसम्म भएकाे २१ खेलमा सिटीले १९ खेल जितेकाे छ भने दुर्इ खेलमा बराबरी गरेकाे छ । 

पछिल्लो पटक गएको अगस्ट २१ मा भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनसँग १–१ को बराबरी रोकिएको थियो । त्यसपछि लगातार १८ खेलमा विजयी भएको सिटी आइतबार राति अवे मैदानमा भएको खेलमा प्यालेसविरुद्ध जित निकाल्नबाट चुक्यो ।

क्रिष्टल प्यालेसका लुका मिलिवोजेविकले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् र म्यानचेस्टर सिटी हारबाट जोगियो ।

क्रिष्टल प्यालेससँगको बराबरीपछि लिडर सिटीको २१ खेलबाट ५९ अंक भएको छ । उता दोस्रो स्थानमा रहेको चेल्सीकाे ४५ अंक  तथा तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडकाे ४४ अंक रहेको छ ।

खेलपछि प्रशिक्षक गार्डिवलाले आफ्नो टिम पूरै सिजनमा अपराजित रहने सम्भावना कम रहेको बताएका छन् । सिटीले यो सिजन लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन । तर आइतबार रातिको खेलपछि सिटी सिजनभर अपराजित रहने सम्भावना नदेखेको गार्डिवलाले बताए । आर्सेन वेङ्गरको टिम आर्सनल सन् २००३–४ को सिजनमा अपराजित रहेको थियो । तर आफ्नो क्लबले त्यो सफलता हात पार्ने सम्भावना नदेखेको गार्डिवलाले बताए ।

manchester city

विशेष