खेल

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार क्षेत्रीय रंगशालामा भएको क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै सशस्त्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सशस्त्रको जितमा दुवै गोल बिष्टले गरे । उनले खेलको २३औं मिनेटमा हेडमार्फत् एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ८५औं मिनेटमा उनले नै अर्को एक गोल थपे । बिष्ट नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

पहिलो हाफमा सशस्त्र संकटामाथि पूर्णरुपमा हावी भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको संकटाले केही अवसर पाएपनि गोल गर्न चुक्यो । प्रतियोगिताअन्तर्गत् बिहीवार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने छ ।

विशेष