इतिहासमा आज

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


आज पुुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मदिन । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ । यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ ।

र्याली, झाँकी, सभा र माल्यार्पण सहित दिनभरी नै बिभिन्न कार्यक्रमको तयारी छ । पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । नेपाल एकीकरणमा मुख्य भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने समितिको भनाई छ ।

लोकतन्त्र पछि पहिलोपटक नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

विशेष