खेल

एपिएफकाे मध्यपश्चिममाथि सानदार जित, सावित्रा एक्लैले गरिन् १२ गोल

एपिएफकाे मध्यपश्चिममाथि सानदार जित, सावित्रा एक्लैले गरिन् १२ गोल

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा शानदार जित हात पारेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रलाई २६–० गोलको भारी अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै १२ गोल गरिन् । उनले बनाएको १२ गोल एकै खेलमा अहिलेसम्मकै सर्वा्धिक गोल हो । उनले खेलको ३, १५, १७, २४, ३४, ४०, ४७, ५२, ५९, ६०, ७७ र ९१ं मिनेटमा गोल गरिन् ।

यस्तै अनिता केसी (११, १६, ४४, ७२ र ८१ मिनेट) ले पाँच गोल गरिन् । अन्जली योन्जन (२९, ३९, ४९ र ८८ मिनेट) मा गोल थपिन् । रेशा पौडेलले ६५ र ७८ तथा अनिता बस्नेतले १८ मिनेटमा गोल गरेका थिए।

त्यस्तै, आजै भएको अर्को खेलमा विभागीय टिम आर्मीले पश्चिमाञ्चल क्षेत्रलाई १२–० गोलअन्तरले पराजित गरेको छ । आर्मीको जितमा दुई खेलाडीले ह्याट्रिक गोल पूरा गरिन् । दिपा राईले ह्याट्रिकसहित ५ तथा कप्तान कृष्णा खत्रीले ३ गोल गरिन् । त्यस्तै, आर्मीका लागि इन्दिरा राईले २ गोल तथा पुजा राना र शर्मिला थापाले समान १–१ गोल गरिन् ।

विशेष