मनोरञ्जन

‘सनीको फिल्ममा राष्ट्रिय गान बजाउनु अपमानजनक हो’– मुकेश भट्ट

‘सनीको फिल्ममा राष्ट्रिय गान बजाउनु अपमानजनक हो’– मुकेश भट्ट

एजेन्सी । भारतको सुप्रिम कोर्टले मंगलबार फिल्म स्क्रिनिङ पहिला राष्ट्रिय गान बजाउन अनिवार्य नभएको घोषणा गरेको छ ।

फिल्ममेकर मुकेश भट्टले यस फैसलाको स्वागत गरेका छन् । उनले भने, ‘हामी यो फैसलाको सम्मान गछौं । किनकी राष्ट्रिय गानलाई पवित्र बनाइराख्नु जरुरी हुन्छ । यसलाई मात्र स्कुल या शैक्षिक इन्स्चिट्युटमा बजाउनुपर्छ मनोरञ्जनमा होइन । मनोरञ्जनको क्षेत्रमा बजाउंदा यसको अपमान हुन्छ ।’

मुकेश भट्टले सनी लियोनीलाई लिएर आफ्नो तर्कको उदाहरण दिंदै भने, ‘यदि तपाईं लियोनीको फिल्म हेर्न जांदै हुनुहुन्छ भने हलमा राष्ट्रिय गान कसरी बजाउन सकिन्छ ? यसमा सनीको वाहेक कुनै अन्य फिल्म पनि हुन सक्छ । इन्टरटेनमेन्टको दुनियाको राष्ट्रिय गानको गरिमासँग सम्झौता भएको थियो । म सुप्रिम कोर्टको यस फैसलालाई सम्मान गर्छु । किनकी यो फैसलाबाट राष्ट्रिय गानलाई थप सम्मान मिल्छ ।’


मुकेशले आशिकी, दिल है की मानता नही, नाजायज, गुलाम, संघर्ष, राज लगायतका फिल्म निर्माण गरेका छन् ।

विशेष