मनोरञ्जन

गर्लफ्रेण्डको लागि घर छोड्दै वरुण

गर्लफ्रेण्डको लागि घर छोड्दै वरुण

एजेन्सी । एक पछि अर्को गर्दै हिट फिल्म दिएका बलिउड अभिनेता वरुण धवन बलिउडका नयाँ सुपरस्टार बनेका छन् ।

हालै वरुण धवनले मुम्बईस्थित बान्द्रा इलाकामा एक नयाँ घर किनेका छन् । जसको ओपनिङमा कयौं र सेलिब्रेटी र उनका साथीहरु पनि पुगेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, वरुण बाबु डेभिड धवानको घर छोडेर प्रेमिका नताशा दलालसँग नयाँ घरमा बस्ने भएका छन् ।

अभिनेत्री आलिया भट्ट र वरुणबीचको हिमचिम बढ्दै गएपछि वरुण र नताशाबीच मनमुटाव सुरु भएको थियो । यसकासाथै आफू फिल्ममा नै व्यस्त हुने भएकाले वरुणले नताशालाई उति समय दिन पाएका थिएनन् ।

त्यसकारण वरुणले बाबुको घर छोडेर नताशासँग बान्द्रस्थित घरमा बस्ने फैसला गरेको जनाइएको छ ।
वरुण र नताशा बच्चादेखिकै साथी हुन् । दुवैजना एकै स्कुलमा पढेका थिए । विभिन्न समारोहमा उनीहरु एकैसाथ देखिन्छन् । तर, यी दुवैले आफ्नो प्रेम सम्बन्धबारे औपचारिक रुपमा भने खुलाएका छैनन् ।

विशेष