मनोरञ्जन

नेपाली सिनेमा घरमा आजबाट कुन–कुन फिल्म चल्दैछन् ?

नेपाली सिनेमा घरमा आजबाट कुन–कुन फिल्म चल्दैछन् ?

नेपाली फिल्महलमा शुक्रबारबाट दुई वटा नेपाली फिल्म चल्दैछ । फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ नामका फिल्महरु शुक्रबार बाट चलेका हुन । यो सँगै बलिउड फिल्म ‘१९२१’ पनि प्रदर्शनमा आएको छ । 

फरक कथावस्तु लिएर एकैसाथ प्रदर्शनमा आएका यी तीन चलचित्रबीच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली चलचित्र ‘मिस्टर झोले’ हाँस्य विधामा बनेको चलचित्र हो भने ‘बटरफ्लाई’ प्रेमकथामा आधारित रहेको चलचित्र रहेको छ ।

‘मिस्टर झोले’ मा चर्चित कलाकार दयाहाङ राई, वर्षा रावत, बुद्धि तामाङका साथै दीया पुन, पुस्कर गुरुङ, प्रविण खतिवडालगायतका कलाकारको अभिनय देख्न पाइन्छ । रवि न्यौपानेले छायांकन गरेको यस चलचित्रमा विक्रम स्वारले नृत्य निर्देशन गरेका छन् । चलचित्रका निर्माता ओमचन्द रौनियार र अर्जुन कार्की हुन् भने लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका छन् ।

त्यस्तै, शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘बटरफ्लाई’ मा आर्यन अधिकारी, प्रियंका कार्की र अर्पण थापाबीचको त्रिकोणात्मक प्रेमकथा देख्न सकिन्छ । चलचित्रमा सुष्मा कार्की, रबिन्द्र खड्का, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन् । ओमप्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गरेका छन भने कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

यस्तै शुक्रबार बाट नै प्रदर्शनमा आएको बलिउड चलचित्र ‘१९२१’ मा विक्रम भट्टको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्र प्रेतात्माको कथामा आधारित रहेको बताइएको छ । चलचित्रमा करन कुन्द्रा,जरीन खानलगायतले अभिनय गरेका छन् ।

विशेष