Technology

फेसबुकले सञ्चार माध्यम र व्यापारीलाई ठूलो झड्का दिँदै

फेसबुकले सञ्चार माध्यम र व्यापारीलाई ठूलो झड्का दिँदै


एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नीतिमा फेरबदल गर्ने भएको छ । फेसबुकका सिआयो मार्क जुर्कावर्गले आफ्नो पेजमा एक पोस्ट सयर गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

 

फेसबुकले समाचार, व्यापार, ब्राण्ड र मिडियालगायतका फिडमा केही परिवर्तन गर्न लागेको छ । फेसबुकले धेरै व्यापारिक विज्ञापनलाई प्राथमिकता दिएको भन्दै आलोचना भएपछि फेसबुक न्यूज फिडका बारेमा सोच्न बाध्य भएको छ ।

 

मार्कले मिडिया, ब्राण्ड र व्यवसायको विज्ञापनले फेसबुक युजरलाई असर पार्ने गरेको प्रतिक्रिया आएकाले अव परिवार र साथीलाई प्राथमिकतामा राख्ने बताएका हुन् । फेसबुकले गरेको एक अनुसन्धानपछि उक्त निर्णय भएको समेत उनले बताएका छन् ।

 

अव फेसबुकले ब्राण्ड, मिडिया, व्यवसायभन्दा पनि परिवारको सदस्य र साथीहरुबीचको सम्बन्धलाई प्राथमिकता दिने छ । फेसबुकको माध्यमबाट आफ्नो पोष्ट र संगठनको लोकप्रियता बढाउने गतिविधिलाई भने यो नयाँ परिवर्तनले असर पार्ने देखिन्छ । फेसबुकले नयाँ रणनीति आउँदो हप्तादेखि सुरु गर्ने बताएको छ ।

 

फेसबुकमा समाचार तथा व्यापारिक विज्ञापनमा कमि आएसँगै विज्ञापनले आजित भएका फेसबुक युजरलाई केही राहात मिल्ने अपेक्षा गरिएको छ ।

विशेष