देश

दूधकोशीमा डुबेर वडाध्यक्षका छाेरा बेपत्ता

दूधकोशीमा डुबेर वडाध्यक्षका छाेरा बेपत्ता

खोटाङ । हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा १४ वर्षीय किरण दूधकोशीमा डुबेर बेपत्ता भएका छन् ।

साथीसँग माछा मार्न गएका किरण बिहिबार अपराह्नदेखि बेपत्ता भएका हुन् । घर नजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएको स्थानीयवासीले बताएका छन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। विद्यालय छुट्टी भएका समयमा दूधकोशी आसपासका बालबालिका नदीमा माछा मार्न जाने गरेका छन् ।

विशेष