मनोरञ्जन

करणी सेनाले पद्मावती रिलिज हुन नदिने, सेन्सर बोर्ड घेराउ

करणी सेनाले पद्मावती रिलिज हुन नदिने, सेन्सर बोर्ड घेराउ


एजेन्सी । बलिउड निर्देशक संजय लिला भन्साली निर्देशित फिल्म पद्मावतीको विरोधमा राजपूत संगठनले लडाईलाई राजस्थानदेखि मुम्बइ पुर्याएका छन् । करिब पचासदेखि सयजना राजपूतले मुम्बइस्थित सेन्सर बोर्ड घेराउ गरेका छन् ।

 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, राष्ट्रिय राजपूत करणी सेनाका जीवन सिंह सोलंकीले आफ्नो आन्दोलनालाई प्रहरीले दबाउन खोजे यो भन्दा कडा रुपमा प्रस्तुत हुने बताए । फिल्मको नाम मात्र बदलिएको र कहानीमा कुनै पनि बदलाव नआएकोमा उनीहरु रुष्ट बनेका छन् । पूरा करणी सेना भारत सरकारलाई फिल्म रिलिज हुन नदिन दबाब दिइरहेका छन् ।

 

सबैभन्दा पहिला राजस्थानकी मुख्य मन्त्री बसुन्धरा राजेले फिल्म प्रदर्शन गर्न रोक लगाएकी थिइन् । करणी सेनाहरु भने फिल्मले नाम मात्र फेरेर बाँकी कहानी दुरुस्तै राखेकोमा सन्तुष्ट छैनन् । स्रोतले जनाएअनुसार, करणी सेनाका एक प्रतिनिधि मण्डल देशको सबै राज्यका मुख्यमन्त्रीसँग भेटेर फिल्म रिलिज गर्नबाट रोक लगाउँदै छन् ।

विशेष