खेल

महिला फुटबल लिगको उपाधि सशस्त्रलाई

महिला फुटबल लिगको उपाधि सशस्त्रलाई

काठमाडौं। १६ औं राष्ट्रिय लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘सुपर लिग’को अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३–१ को जित हासिल गर्दैै सशस्त्रले उपाधि जितेको हो ।

साबित्रा भण्डारीले दुई र सरु लिम्बुले एक गोल गरिन । यो सँगै साबित्राले लिगका ६ खेलमा २९ गोल गरेर नयाँ कीर्तिमान बनाएकी छन् । एकै लिगमा कसैले पनि यसअघि २९ गोल गरेका थिएनन् ।

सुपर लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमान्चललाई कृष्णा खत्रीको ५ गोलको मद्धतले ७–० ले हरायो । उपाधिसंगै सशस्त्रले दुई लाख, उपविजेता त्रिभुवन आर्मीले एक लाख तथा तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ जितेको छ ।

व्यक्तिगत विधातर्फ सशस्त्रकी गोलकिपर अञ्जली तुम्बापो सुब्बा, फरवार्ड साबित्रा र प्रशिक्षक जनक सिंह तथा आर्मीकी डिफेन्डर दीपा राई र मिडफिल्डर अञ्जली वाइबा उत्कृष्ट घोषित हुँदै जनही २५ हजार रुपैयाँ जितेका छन् ।

विशेष