मनोरञ्जन

दयाहाङ र प्रियंकाको भिडन्त, कसको पल्ला भारी

दयाहाङ र प्रियंकाको भिडन्त, कसको पल्ला भारी

काठमाडौं । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् । ‘म गाउँदिन अब गीत गजल’ गीतबाट ‘बटरफ्लाई’ले राम्रो हाइप बनाएको छ भने ‘मिस्टर झोले’को ‘ओखती’ गीत पनि उतिक्कै चर्चित छ ।

पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा यी दुई फिल्मलाई पनि गीतले ठूलो राहत दिनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के। खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म झोलेु टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।

रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी। कार्कीले छायांकन गरेका हुन् । कबड्डी, कबड्डी कबड्डी, पुरानो डुंगा फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै, केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको ‘बटरफ्लाई’मा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।

पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।

बढ्दो जाडोका कारण लगातार फिल्मको व्यापार ‘डाउन’ भइरहेको अवस्थामा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’माथि घरमा आगोको न्यानोमा बसेका दर्शकलाई हलसम्म तान्नु पर्ने चुनौती छ । वर्षका दुई प्रतिक्षीत फिल्म मैदानमा उत्रिएका कारण दर्शकको भेल कता बढी होला रु कसले छाप्ला मनग्य पैसा रु यो पनि सबैका लागि अहिले चासोको विषय बनेको छ ।

विशेष