मनोरञ्जन

ज्यान होस त यस्तो पो ! (फोटोसहित)

ज्यान होस त यस्तो पो ! (फोटोसहित)


एजेन्सी । हरेक मान्छे सुन्दरताको पारखी हुन्छ नै । त्यसमाथि संसारमा त्यस्तो पुरुष शायदै होला जसलार्इ स्त्री सुन्दरताले पटक्कै नछोओस् । 

हो, हामीले परिचय गराउन खोजेको रूपवती कन्या रूसकी २३ वर्षीया एन्टासिया हुन् । हाल उनी अति नै रुचाइएकी सोसल मिडिया सेलिब्रिटी हुन् । उनका तस्वीर सामाजिक संजालमार्फत् यति भाइरल भइरहेका छन् कि उनको सुन्दरताको पारखीहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

 उनलार्इ धेरैले रसियन किम कार्दशियनसँग तुलना गर्न थालेपछि एक अन्तर्वार्तामा एन्टासियाले आफूलार्इ किमसँग तुलना गर्न नमिल्ने बताइन् । किम आफूभन्दा धेरै माथि भएको उनको तर्क छ ।

 रुसबाट मोडलिंग गर्ने ठूलो सपना बोकेर पहिले अमेरिकाको मियामी पुगेकी एन्टासिया पछि लस एन्जल्सतर्फ लागिन् । तर सबै मोडलिंग एजेन्सीहरूले उनलार्इ लिन नमानेपछि उनले आफ्नो फिगरलार्इ ट्रेडमार्कको रूपमा विकास गरिन् । उनको फिगर ३८-२४-४२ छ । ४२ इन्चको नितम्ब भएकी उनी हाल फिटनेस ट्रेनरको रूपमा काम गर्छिन् ।

विशेष