मनोरञ्जन

सनीपछि यी हुन् भारतकी दोस्रो पोर्नस्टार

सनीपछि यी हुन् भारतकी दोस्रो पोर्नस्टार


मुम्बर्इ । निर्देशक एवं निर्माता रामगोपाल वर्माले आफ्नो आगामी चलचित्रको लागि एक पोर्न स्टारलार्इ अनुबन्धित गराएका छन् ।

वर्माले फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’मा एडल्ट स्टार मिया मेल्कोवालार्इ अनुबन्धित गराएका हुन् । मेल्कोवालार्इ लिएर उनले उक्त फिल्मको छायांकन पनि सुरु गरिसकेका छन् ।

हालै सो फिल्मको निकै बोल्ड पोस्टर पनि सार्वजनिक भएको छ । पोस्टरमा मिया नग्न अवस्थामा बसिरहेकी देखिन्छिन्, तर फिल्म निर्माता वर्माले कलात्मक तरिकाले उनलार्इ छेकेर बसेको देखाइएको छ । पोस्टर ट्वीटरमा शेयर गर्दै मियाले निर्माता वर्मालार्इ धन्यवाद पनि दिएकी छिन् । मिया सनी लियोनीपछि बलिउडमा प्रवेश गर्ने दोस्रो पोर्न स्टार हुन् ।

स्रोतका अनुसार उक्त फिल्मको ट्रेलर यसै महिनाको १६ तारिखमा रिलिज गरिने भएको छ । रामगोपाल वर्माले फिल्ममा बोल्ड विषयवस्तु प्रस्तुत गरेको यो पहिलो पटक भने पक्कै होइन । यसअघि पनि आफ्नो वेब सिरिज ‘गन्ज एण्ड थाइज’मा उनले अग्रभागको पूर्ण नग्नता दर्शकसामु पेश गरिसकेका छन् ।

निर्देशक वर्माले पनि ट्वीट गर्दै लेखेका छन्, “मिया, फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’को सुटिंग अनुभव निकै राम्रो रह्यो । मैले कहिले पनि सन्नी लियोनीसँग काम गरेको छैन, तर यो फिल्मको सुटिंग अनुभव कहिल्यै बिर्सने छैन ।”

विशेष