खेल

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे ।

मेस्सीले दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले खेलको १३ औं मिनेटमा बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने लगत्तै १५ औं मिनेटमा नै अर्कौ गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

खेलको २८ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको अग्रता ३ – ० ले अघि रह्यो । ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा ४ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८७ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई ५ – ० ले खेल आफनो पक्षमा बनायो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

यो जितसँगै बार्सिलोनाले समग्रमा ६ – १ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो । सेल्टाको मैदानमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो ।

कोपा डेल रे अन्तर्गत नै बिहिबार राति दोस्रो लेगमा जित निकाल्दै सेभिया र स्पानियोल पनि अन्तिम आठमा प्रवेश गरेका छन् । यो सँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, अलाभेस, लेगानेस र भ्यालेन्सियाले यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

विशेष