स्वास्थ्य यौन-शिक्षा भिडियो

किशोरीलाई डा. उप्रेतीको सुझावः असुरक्षित यौनसम्पर्कले ज्यानै जानसक्छ ! (भिडियोसहित)

‘कुनै केटाले जथाभावी यौन सम्पर्कमा उक्सायो भने सोचौँ...’

किशोरीलाई डा. उप्रेतीको सुझावः असुरक्षित यौनसम्पर्कले ज्यानै जानसक्छ ! (भिडियोसहित)

काठमाडौं । नेपालमा सन् २०१२ मा गर्भपतनलाई कानुनी मान्यता दिइयो । गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्ने विषयमा आवाज उठाउने पहिलो महिला विशेषज्ञ हुन् डा.अरुणा उप्रेती ।

 

गर्भपतन गर्ने र गराउने ‘ट्रेण्ड’ भने त्यसको ६ वर्ष नबित्दै धेरै बदलिसकेको छ । यस्तो अधिकारलाई दुरुपयोग गरिएकोमा डा. उप्रेती अनपेक्षित उपलब्धि ठान्छिन् ।

 

जे कुराको लागि अधिकार ल्याइयो त्यसको दुरुपयोग भएकोमा उनको चिन्ता छ । तथ्यांकअनुसार ५८ प्रतिशत गर्भपातन असुरक्षित र गर्भवतीको एकल रोहोबरमा हुँदैआएका छन् ।

 

यस्तो तथ्यांक आउनु नै ‘दुखद हो’ भन्छिन् उप्रेती । उनी भन्छिन्, ‘गर्भपतन गर्नु महिलाहरुको अधिकार हो र यो अधिकार सकेसम्म प्रयोग नगर्नु भन्ने कुरा बुझाउन नसक्नु नै महिला अधिकारवादी र सरकारको कमजोरी हो ।’

 

खासगरी किशोरीहरुबाट यस्तो अधिकारको दुरुपयोग गरेको डा. उप्रेतीको ठम्याइ छ । ‘किशोरीहरुमा जतिपटक गर्भपतन गर्न पनि हुन्छ भन्ने मनोविज्ञान रहन गयो । किशोरीहरुले असुरक्षित यौन सम्पर्क राख्ने र त्यस्तो खण्डमा ‘एमर्जेन्सी पिल’ खाँदा हुन्छ भन्ने सोचे । त्यसमा घ्यु थप्ने काम विज्ञापनले पनि गरेको छ ।’ उनले भनिन् ।

 

किशोरीहरुमा स्थापित भएको गलत मान्यता हटाउनुपर्ने दायित्व महिला अधिकारवादी तथा सरकारको रहेको उनको तर्क छ । साथै ‘प्रेम भनेको यौन सम्बन्ध मात्रै हो भन्ने मनोविज्ञान’ हटाउनुपर्ने डा. उप्रेती बताउँछिन् ।

 


यौन रोगबारे :

यदी पुरुषले दुई/तीनजना स्त्रीसँग शारिरक सम्बन्ध राखेर आफ्नो श्रीमतीसँग पनि सम्बन्ध राख्दा यौन रोग लाग्नसक्ने डा. उप्रेतीको भनाइ छ ।

 

कतिपय सन्दर्भमा यौन रोग लागेको पनि थाहा नहुने र केहीले यौन रोग भएको भन्न पनि डराउने हुँदा सचेत हुनुपर्ने बताउँछिन् उनी । तर यौन रोगको समयमै उपचार नभएमा त्यसले बाँझोपन पनि निम्त्याउन सक्ने भन्दै डा. उप्रेतीले सचेत गराएकी छन् ।

 

खासगरी किशोरीहरुलाई यौन रोग हुँदा बाँझेपन हुनसक्ने उनको भनाइ छ । नेपालआजसँगको अन्तरवार्ताको क्रममा डा. उप्रेतीले यौन शिक्षाबारे धेरै जानकारी दिएकी छन् ।

डा. अरुणा उप्रेती यौन रोग असुरक्षित गर्भपतन

विशेष