Technology

हराएका माेबाइल फाेनले प्रहरी हैरान

हराएका माेबाइल फाेनले प्रहरी हैरान

काठमाण्डौ । ‘हाइटेक’ अपराधको चुनौती झेलिरहेका राजधानीका प्रहरी हराएका मोेबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानीमा परेका छन् । हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा दैनिक ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन् । कहिलेकाहीँ त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ ।

परिसरका अनुसार दुई वर्षयता शाखामा मात्रै २८ हजार पाँच सय ४७ वटा उजुरी परेका छन् । त्यसमध्ये दुई हजार ८ सय ९७ वटा मोबाइल मात्रै भेटिएका छन् । हराएका २५ हजार ६ सय ५० वटा मोबाइल अझै फेला परेका छैनन् । हराएका मध्ये १० प्रतिशत मात्रै मोबाइल प्रहरीले भेट्टाएको छ । १० प्रतिशत मोबाइल मात्र भेटिन्छन् बाँकी ९० प्रतिशत मोबाइल प्रहरीले समेत भेटाउन सकेको छैन ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२–७३ मा ८ हजार ६ सय १६ वटा मोबाइल हराएको उजुरी परेको थियो । आर्थिक वर्ष ०७३र७४ मा १२ हजार ४ सय ३० वटा उजुरी पर्‍यो । चालू आर्थिक वर्षको पुससम्म भने ७ हजार ५ सय एकवटा मोबाइल फोन हराएको उजुरी परेका छन् । परिसर प्रवक्ता जोशीले भने, ‘तथ्यांक हेर्दा मोबाइल फोन हराएको उजुरी प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । त्यसको तुलनामा भेटिएका मोबाइलको संख्या भने निकै कम छ ।’

प्रहरीका अनुसार २५ सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ । प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेसका आधारमा खोज्ने गर्छ । नम्बर ट्रेस गर्दा सिग्नल देखिए मात्रै प्रहरीले हराएको मोबाइल पत्ता लगाउन सक्छ । नत्र प्रहरीको केही लाग्दैन । यसका लागि टेक्नोलोजिमा विशेष दखल भएको व्यक्ति चाहिन्छ ।

प्रवक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ । यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो । टे«स गर्दा सिंग्नल देखियो भने फोन भेटिन्छ । नत्र भेटाउन सकिँदैन । यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

विशेष