मनोरञ्जन

हनिमूनमा नायीकाको हालत खराब

हनिमूनमा  नायीकाको हालत खराब

मुम्बर्इ । फिल्म ‘हेट स्टोरी’मार्फत् बलिउडमा धमाका मच्चाउन सफल बंगाली अभिनेत्री पाओली दामको हनिमूनको खबरले फेरि हंगामा मच्चाएको छ ।

फिल्म ‘हेट स्टोरी’मा बोल्ड सिन गरेर चर्चामा आएकी पाओली यसपटक भने अरु नै कारणले चर्चामा छिन् । गत डिसेम्बर ४ मा गुवाहाटीको एक रेस्टुरेन्ट मालिकसँग वैवाहिक बन्धनमा बाँधिएका उनी पतिसँग हनिमून मनाउन स्वीट्जरल्याण्ड पुगेकी थिइन् ।

२ वर्षअघिबाटै डेटिंग गरिरहेका यस जोडीले हनिमूनको लागि विशेष ठाउँ रोजेका थिए । स्वीट्जरल्याण्डको हिउँले ढाकेको सुन्दर पहाडमा हनिमून अपेक्षाकृत त्यति रमाइलो हुन सकेन ।

भारी हिमपातको कारण उनीहरू बाहिरी संसारबाट पुरै सम्पर्कबिहिन हुनपुगे । हिउँले उनीहरू एक स्की रिसोर्टमा थुनिएका थिए । हालत खराब भएको यस जोडीलार्इ हेलिकोप्टरले आकस्मिक उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ ।

विशेष