मनोरञ्जन

फिल्म ‘साली कस्को भेनाको’ निर्माण हुने

फिल्म ‘साली कस्को भेनाको’ निर्माण हुने

नेपाली फिल्म ‘साली कस्को भेनाको’ निर्माण हुने भएको छ । निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने फिल्मलाई भद्र भुजेलले निर्देशन गर्नेछन् । यसअघि ’कर्जा’, ’कान्छी’, ’सन्तान’ जस्ता सफल फिल्म निर्माण गरिसकेका प्रसाद श्रेष्ठले फिल्म ‘साली कस्को भेनाको’ निर्माण गर्न लागेका हुन् । 

माघ २ गतेबाट फिल्मको छायांकन सुरु हुने निर्देशक भुजेलले जानकारी दिए । फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, दीपा सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय हेर्न सकिने बताईएको छ । फिल्मको छायांकन चितवन र धम्पुसमा हुने बताईएको छ । पुष्प आचार्यको कथा रहेको यस फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहनेछ ।

Wilson Bikram Rai film

विशेष