खेल

सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार जित

सोसिडाडविरुद्ध बार्सिलोनाको शानदार जित

स्पेन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ४–२ ले हराएको छ ।

रियाल सोसिडाडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे भने लियोनल मेस्सी र पाउलिन्होले एक–एक गोल गरे ।

रियाल सोसिडाडका विलियन होजे र हुवान्मीले सुरुवाती दुई गोल गरेका थिए । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा सेभियाले आलाभेजलाई १–० ले हराउँदा सेल्टा भिगोले लेभान्तेलाई १–० ले पराजित गरेको छ । ईस्पानियोल र एथ्लेटिक बिल्बाओले भने १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि ला लिगा फुटबलमा १९ खेलबाट ५१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४२ अंक छ भने ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो तथा ३२ अंकका साथ रियाल मड्रिड चौथो स्थानमा रहेको छ ।

विशेष