खेल

रेफ्री अाफैँले लडाएर रेड कार्ड दिएपछि

रेफ्री अाफैँले लडाएर रेड  कार्ड दिएपछि

फ्रेन्च लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन र नान्टेसबीचकाे खेलमा रेफ्रीले नान्टेसका खेलाडीलार्इ अाफैले लात हानेर राताे कार्ड देखाएका छन् ।

अाइतबार राति भएकाे पिएसजी र नान्टेसबीचकाे खेलकाे इन्जुरी समयमा डिएगाे कार्लाेस र रेफ्री टाेनी चाप्राेन ठाेक्किएका थिए । पीएसजी काउन्टर अट्याकमा गएको बेला डिफेण्डर कार्लोस त्यसलाई पछ्याइरहेका थिए ।

दाैडिने क्रममा रेफ्री टाेनी च्यापराेन लड्न पुगे । त्यसपछि उनले उठ्दै गर्दा कार्लाेसलार्इ खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलाे कार्ड पाएका कार्लाेसलार्इ दाेस्राे पहेँलाे कार्डसँगै राताे कार्ड दिएर मैदानबाट बाहिर पठाए ।

कार्लोसले सुरुमा त विरोध गरे तर, निर्णय स्वीकार गर्दै बाहिरिए । खेल सकिन केही मिनेट मात्र बाँकी रहेको र टिम १–० ले पछि परेकाले रिजल्टमा ठूलो परिर्वतन त भएन तर, रेफ्रीका कारण खेल विवादास्पद रह्यो ।

नान्टेसका अध्यक्षले रेफ्रीमाथि ६ महिने प्रतिबन्ध लगाउन माग गरेका छन् ।

french league

विशेष