माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

दाङ । दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आज बिहान बा ३ ख ९५२१ नम्बरको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
dang