मनोरञ्जन भिडियो

पूजा शर्माको हातबाट १० लाख पाएपछि ‘माग्ने बूढा’ किन भए भावुक ? (भिडियोसहित)

‘माग्ने बूढा’ को कठिन यात्राः ७० रुपैयाँदेखि १० लाख

पूजा शर्माको हातबाट १० लाख पाएपछि ‘माग्ने बूढा’ किन भए भावुक ? (भिडियोसहित)

 प्रविण दाहाल । ‘माग्नेबूढा’ अर्थात् केदार घिमिरेको पर्दाको यात्रा जति लोभलाग्दो छ त्यत्तिकै संघर्षशील पनि । टेली सिरियल ‘हिजोआजका कुरा’ बाट अभिनय सुरु गरेका घिमिरेलाई खासगरी ‘मेरी बास्सै’ पछि प्रशंसकले पछ्याउन थाले ।

 

पछिल्लो समय उनी विदेशका ‘स्टेज पर्फमेन्स’ सँगै ठूलो पर्दाका फिल्ममा पनि ब्यस्त छन् । ‘वडा नम्बर ६’, ‘छ एकान छ’, ‘छक्कापन्जा’ लगायत फिल्ममा ‘कमेडी’ भुमिकापछि त उनको प्रशंसा झनै चुलिएको छ ।

 

नेपालआज टीमसँग केही दिनअघि भएको कुराकानीमा ‘माग्ने बूढा’ले नयाँ फिल्ममा अनुबद्ध भएको खुलासा गरे । रोचक पक्ष त के भने, नयाँ फिल्मसँगका केही सम्झौता नेपालआजसँग पहिलो पटक खुलासा गरेका छन् । नयाँ फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक पाएपछिका अनुभुतिबारे पनि उनले भावुक हुँदै हामीसँग व्यक्त गरेका छन् ।

 

नेपालआजसँग कुरा गर्दै उनले कुनै बेला दैनिक ७० रुपैयाँ ज्याला लिएर दिनभरी बालुवा बोकेका ति दिन पनि सम्झिए । ‘दिनभरी बालुवा बोकेको जम्मा ७० रुपैयाँ, त्यो पनि नदिँदा टिलपिल आँशु झथ्र्यो,’ भावुक हुँदै सम्झिए, ‘मैले नगरेको काम केही छैन ।’

संघर्षको लामो यात्रा तय गरिसकेका घिमिरेका लागि यति धेरै पारिश्रमिक पहिलोपटक नै हो । जुन कुरा यसअघि कहिल्यै नसोचेको पनि बताएका छन् ।

 

 

‘धुर्मुस’सँगको सम्बन्धः

 

नेपाल टेलिभिजनबाट प्रशारण हुने गीतान्जली जितु नेपाल र दमन रुपाखेतीले सञ्चालन गर्थे । जितुसँग उनी कामको लागि सोध्न पुगेका थिए । त्यसै बेला सितारम कट्टेल पनि जितुलाई नै भेट्ट आएका रहेछन् । त्यहीँ उनीहरुको पहिलो भेट भएछ ।

 

र दुवैका लागि त्यस क्षण सुखद् भएछ । किनकी दुवैले एकैपटक काम पाएका थिए । त्यसपछिका केही वर्ष उनीहरुको सहयात्रा सुखद् रह्यो ।

 

पछि दुवै मिलेर ‘मेरी बास्सै’ टेलिश्रृंखला चलाए । अचेल सितारम ‘धुर्मुस’ हास्यव्यंग्य भन्दा पनि सामाजिक कार्यमा बढी ब्यस्त छन् । ‘माग्ने बूढा’ चाहिँ फिल्ममा । त्यसो त केही फिल्ममा उनीहरुले सँगै अभिनय पनि गरे ।

 

केही समयअघि उनीहरुको सम्बन्ध बिग्रिएका समाचार पनि आएका थिए । यतिसम्म कि, ‘उनीहरुबीच बोलचाल नै छैन’ पनि भनियो । घिमिरे आफूहरुको सम्बन्ध नबिग्रिएको प्रष्ट पारे । व्यावसायीक विषयलाई लिएर आफूहरुको आन्तरिक सरसल्लाह मात्रै भएको कुरालाई गलत प्रचार गरिएकोमा घिमिरेले दुख व्यक्त गरे । कुनै बेला एउटै सिक्काका दुई पाटो बनेका ‘माग्ने बूढा’ र ‘धुर्मुस’ पछिल्लो समय अलग पेशामा भए पनि सम्बन्ध झन् सुमधुर भएको बताउँछन् ।

 

विशेष