राज र किशाेरले ल्याउँदै ‘पण्डित बाजेको लौरी’
काठमाडाैं । नेपाली फिल्म ‘पण्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । एउटा सानो गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा फिल्म बन्न लागेको हो ।
अधृत फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण हुने फिल्मलाई दीपक ओलीले निर्देशन गर्दैछन् । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।
माघ २० गतेबाट छायांकन सुरु हुने फिल्मलाई २०७५ को भाद्र महिनामा प्रदर्शनमा ल्याउने निर्माण यूनिटको तयारी छ । थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयूक्त रुपमा फिल्म निर्माण गर्न लागेका हुन् ।