खप्तड गोल्डकपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी क्लबले खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ ।
कैलालीको धनगढीमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मीले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोली गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुकेपछि आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले मोफसलकै सबैभन्दा धेरै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।
दोस्रो भएको सशस्त्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पायो । खप्तड गोल्डकपको आगामी संस्करणमा पहिलो पुरस्कारको राशी २१ लाख पु¥याउने आयोजकले जनाएको छ ।
nepali football khaptad goldcup