साहित्यकार गुरुङ सम्मानित
काठमाडौं । साहित्यकार लक्ष्मी गुरुङलाई सम्मान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहित्यकार गुरुङलाई कदर पत्र हस्तान्त्रण गर्दै सम्मान गरेका हुन् ।
नेपाली साहित्यमा उल्लेखनिय योगदान पुर्याएको भन्दै गुरुङको सम्मानका लागि गणतान्त्रिक देशभक्त समाजले एक कार्यक्रम आयोजना गरेको थियो ।
साहित्यकार गुरुङले सामाजिक परिवेशका घटनालाई आफ्नो लेखनबाट प्रस्तुत गर्ने गरेको संस्थाका अध्यक्ष बाबा बस्नेतले बताइन् । उनले नेपाली साहित्यमा पुर्याएकाे योगदानलाई कदर गर्दै उक्त सम्मान गरिएको उनले जानकारी गराइन् ।
साहितकार गुरूङले अाभार सम्मान गर्ने संस्था र माअाेवादी केन्द्रका अध्यक्षलार्इ अभार प्रकट गरिन् । उनले भनिन्, 'लेखन साहित्यमा निरन्तर लाग्न थप हौसला मिलेको छ। अत्यन्त आभरी हुदै यो सम्मानलाइ आत्मसात गर्दै आगामी दिनमा पनि निरन्तरता र निखार दिने छु। सम्मान गर्नुहुने संस्थाकी अध्यक्ष बाबा बस्नेतजी र कमरेड अध्यक्ष प्रचण्ड प्रति आभार व्यक्त गर्द्छु।'
साहित्यकार गुरुङ माओवादी सहिद पत्नी हुन् । उनले नाटक, कविता, गीतलगायतका विद्यामा कलम चलाउँदै आएकी छिन् । उनको ढुकढुकी र नफुलेको आस्था लगायतका कविता संग्रह प्रकाशित भइसकेको छ ।