मुख्य समाचार

कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड

कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ ।

नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको पाइएको छ ।

सरकारले मंसिर २५ गते ५ सय २८ जनालाई १० करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसको १७ दिनपछि पुस १३ गते सरकारले थप ३ सय ४५ जनालाई ६ करोड ५३ लाख ५० हजार रुपैयाँ आर्थिक सहायतास्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । आजको नागरिकमा खबर छ ।

विशेष