स्वास्थ्य

जाजरकोट महामारी : मरेपछि ‘भर्बल अटोप्सी’ !

जाजरकोट महामारी : मरेपछि ‘भर्बल अटोप्सी’ !

काठमाडौं । ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं ।

लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो । आजको अन्नपूर्णमा खबर छ ।

विशेष