मुख्य समाचार

माघे संक्रान्तिमा राष्ट्रपतिको सन्देश, सांस्कृतिक विविधतालाई गाँस्न सकोस्

माघे संक्रान्तिमा राष्ट्रपतिको सन्देश, सांस्कृतिक विविधतालाई गाँस्न सकोस्


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छिन्।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ-आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी छिन्।

यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छिन्। ुहाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्,ु शुभकामना सन्देशमा उल्लेख छ।

सिंगो नेपाली संस्कृतिभित्रको महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने उनले शुभकामना व्यक्त गरेकी छिन्।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गर्दै माघी पर्वले नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

विशेष