समाज

बानेश्वरमा ग्यास पड्कियाे

बानेश्वरमा ग्यास पड्कियाे

नयाँ बानेश्वरस्थित थापा गाउँकाे एक घरमा ग्यास पड्केकाे छ ।

काेठामा बस्ने व्यक्ति घर गएकाे कारण मानवीय क्षति भने नभएकाे जानकारी दिइएकाे छ । काेठाका सबै झ्याल पनि बन्द र ग्यासकाे रेगुलेटर बन्द नगरेका कारण ग्यास लिक भएर बाहिर बालिएकाे अागाे बाट ग्यास पड्किएकाे हाे । ग्यास पड्किँदा वरिपरिका स्थानीय भूकम्प अायाे कि भनेर अात्तिएका थिए ।

ग्यास पड्किने बित्तिकै स्थानीयले पावर स्वीच बन्द गरेर पानीकाे सहायताले अागाे निभाइसकेका छन् । सिलिण्डरमा भने अागाेले समाउन नपाउँदा ठुलाे क्षति हुनबाट जाेगिएकाे छ । 

baneshwor thapa gaun

विशेष