अाक्रमक व्यवहारले गर्दा काेहली कारबाहीमा
अन्ताष्ट्रिय क्रिकेट काउन्सिल अाइसीसीले भारतीय कप्तान विराट काेहलीलार्इ कारबाही गरेकाे छ ।
कप्तान काेहलीले खेल भावना विपरित व्यवहार प्रदर्शन गरेकाे भन्दै अाइसीसीले कारबाही गरेकाे हाे । भारत र दक्षिण अफ्रिकाबीच जारी दाेस्राे टेस्टकाे तेस्राे दिनमा साेमबार पानी परेपछि पुन खेल सुरु भएकाे थियाे । साे क्रममा भारतीय कप्तान काेहलीले अम्पायर माइकल गाउफलार्इ बारम्बार बल भिजेकाे भन्दै गुनासाे गरेका थिए ।
साे क्रममा अाक्रमक हुँदै बल भुर्इमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेकाे भन्दै काेहलीलार्इ म्याच फिकाे २५ प्रतिशत तिर्नुपर्ने गरि कारबाही गरिएकाे अाइसीसीले जनाएकाे छ ।
यस्तो प्रकरणमा दोषी पाइए खेलको ५० प्रतिशत पारिश्रमिकसम्म जरिवाना गर्ने आइसीसीको प्रावधान रहेको छ ।