मनोरञ्जन

लजालु सिद्धार्थले आज बर्थडे मनाउँदै, कति वर्षका भए ?

लजालु सिद्धार्थले आज बर्थडे मनाउँदै, कति वर्षका भए ?

एजेन्सी । भारतका चर्चित अभिनेता सिद्धार्थ मल्होत्राले आज जन्म दिन मनाउँदै छन् । ३३ वर्ष पुगेका मल्होत्राले विशेश कार्यक्रमको आयोजना गरेर जन्म दिन मनाउन लागेको भारतका सञ्चार माध्यमले जनाएका छन् ।

पर्दामा रोमान्टिक अभिनय गरेर चर्चा पाएका मल्होत्रा केही लजालु स्वभावका छन् । फिल्म ‘स्टूडेन्ट अफद ईयर’ बाट सीधै दर्शकको मनमा बस्न सफल मल्होत्राले यस फिल्मका लागि निकै मेहनत गर्नु परेको थियो ।

सिद्धार्थको फिल्मी करियरमा अहिलेसम्मको फिल्ममा रोमान्टिक कमेडी फिल्म ‘हंसी तो फंसी’, ‘एक भिलेन’, ‘कपूर एंड संस’,‘ब्रदर्स’, ‘ए जेंटलमेन’, ‘इत्तेफाक’ रहेका छन् । फिल्ममा मल्होत्राले फरक फरक भुमिका निर्वाह गरेका छन् ।

फिल्म ‘एक भिलेन ’मा उनको अभिनय मन पराएर सलमान खानले घडी उपाहार समेत दिएका थिए । उनको फिल्म ‘स्टूडेन्ट अफद ईयर’ बाट सर्वश्रेष्ठ डेब्यु एक्टरको लागि उनले अवार्ड पनि हात पारेका थिए ।

साथै वर्षको सर्वश्रेष्ठ डेब्यु एक्टर साउथ अफ्रीका इंडिया फिल्म र टेलीभिजन अर्वाड पनि हात पारेका थिए ।

विशेष