एकदिवसीय विश्वकप क्रिकेट छनाेट प्रतियाेगितामा नेपालकाे सम्भावना
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल अाइसीसी ले जिम्बावेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनाेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएकाे छ । अाइसीसीले साेमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेकाे हाे ।
अागामी फागुन २० गतेदेखि हुने प्रतियाेगिता चैत ११ गते सकिने छ । छनाेट प्रतियाेगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन् । सहभागी भएका टिममध्ये शीर्ष २ टिम सन् २०१९ मा हुने एकदिवसीय विश्वकप खेल्ने छन् ।
यता अाइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपकाे शीर्ष चारमा पर्न नसकेकाे नेपालले अागामी फेब्रुअरी दाेस्राे सातादेखि नामिबियामा सुरु हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ ।
डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । यदि डिभिजन २ मा नेपाल कम्तिमा शीर्ष २ भित्र पर्न सके मात्र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।
यदि उक्त प्रतियोगिताको विजेता बनेमा नेपाल एकदिवसीय विश्वकप छनोटको समूह ए र उपविजेता बने समूह बीमा पर्नेछ ।
दुई समूहमा विभाजित टोलीले पहिलो चरणमा लिग खेल खेल्दै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुगेका दुई शीर्ष टोली विश्वकपमा छनोट हुनेछन् ।
समूह विभाजन
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता