मुख्य समाचार

पहुँचवालाको नेपाल ! एक वर्षमा सरकारले बाड्यो ८३ करोड

पहुँचवालाको नेपाल ! एक वर्षमा सरकारले बाड्यो ८३ करोड


काठमाडौं । सरकारले एक वर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ।

सर्वसाधारणले यस्ता कार्यको जति नै विरोध गर्दै आए पनि सरकारले दलका नेता कार्यकर्तालाई नियमविपरीत राज्य कोषबाट करोडौं रुपैयाँ बाँड्न छाडेको छैन। पछिल्लो समय सरकारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषद् उपाध्याक्ष रहेका गिरीलाई २५ लाख रुपैयाँ र पूर्वसभामुख एवम् नेपाली कांग्रेस नेता तारानाथ रानाघाटलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको छ।

तत्कालीन मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरीलाई आर्थिक सहायता उपलब्ध गराउने प्रस्ताव उर्जामन्त्री कमल थापाले ल्याउनुभएको थियो। प्रस्तावमा प्रधानमन्त्रीले टाउको हल्लाएर समर्थन जनाउनुभयो। बिरामी भएकाले मानवीय आधारमा पनि सहयोग उपलब्ध गराउनुपर्छ भनेर प्रस्तावको कसैले पनि विरोध गरेनन्, रक्षामन्त्री भीमसनेदास प्रधानले भने। नागरिक दैनिकबाट

विशेष