खेल

म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई हरायो, यस्तो अंक तालिका

म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई हरायो, यस्तो अंक तालिका

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो मार्टियलले एक–एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ ।

२३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ ।

४७र४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

विशेष