मनोरञ्जन

सुनीललाई हातपात गरेका कपिल आजकाल के गर्दैछन् ?

सुनीललाई हातपात गरेका कपिल आजकाल के गर्दैछन् ?


एजेन्सी । एक कार्यक्रम सकेर भारत फर्कदै गर्दा आफ्ना सहकर्मी सुनिल ग्रोबरमाथि हातपात गरे, तब कपिलको ‘खराब दिन’ शुरु भयो । उनको कमेडी सो बन्द भएको झन्डै ६ महिना भइसक्यो ।

सो बन्द भएको समयमा कपिलले भनेका थिए ‘खराब स्वास्थ्य र आफ्नो आउँदै गरेको फिल्म ‘फिरंगी’का कारण केही समयलाई ‘ब्रेक’ लिनुर्पयो ।’ उनले यो पनि भनेका थिए कि ‘छिट्टै टेलिभिजनमा फर्किनेछु ।’  

उनको फिल्म रिलिज भइसक्यो, स्वास्थ्य पनि ठीक भइसक्यो । तर, कपिल टेलिभिजनमा किन ‘कमब्याक’ भएका छैनन् । अहिलेसम्म कुनै आधिकारिक खबर बाहिर आएको छैन ।  

उनी आजभोली फट्टफुटेट हुने स्टेज कार्यक्रममा व्यस्त रहेका छन् । त्यसपछि उनका कामका कुरा आएको छैन । तर, उनी ढिलोचाँडो टेलिभिजन सो ल्याउन तयारीमा रहेको बुझिन्छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनका कार्यकारी उप–प्रमुख दानिश खानले पनि कपिल शर्मा टेलिभिजनमा छिट्टै फर्किने बताएका छन् ।

विशेष