प्रवास

अष्ट्रेलियामा लुकेर बस्ने अवैधमा सबैभन्दा धेरै बेलायती र अमेरिकन !

अष्ट्रेलियामा लुकेर बस्ने अवैधमा सबैभन्दा धेरै बेलायती र अमेरिकन !

 

सिड्नी । अवसर र उच्च जीवनशैलीको खोजी गर्दै वैधानिक तथा अवैधानिक बाटोबाट नेपालीहरु पश्चिमा देश भित्रिन्छन् ।

पर्याप्त सम्भावनाहरु नभएका कारण नेपाली मात्र होइन विश्वका अन्य गरीव राष्ट्रका मानिसहरु पनि बेलायत, अमेरिका अष्ट्रेलिया जस्ता पश्चिमा मुलुक प्रवेशका लागि मरिहत्ते गर्छन् । तर पिछडीएका मुलुकका मानिस मात्र होइन विकशित देशका मानिहरु पनि अर्को देशमा लुकेर बस्ने गरेको पाइएको छ । यो कुनै नौलो तथ्य त होइन,  तर अमेरिका, बेलायत जस्ता विकशित देशका मानिस विकासशील राष्ट्रमा लुकेर बसेकाले अचम्म लाग्दो भने पक्कै पनि हो ।  


कुरा हो अष्ट्रेलियाको । हालै अष्ट्रेलिया सरकारले जारी गरेको तथ्यांक अनुसार अष्ट्रेलियामा लुकेर बस्नेमध्यको ठूलो संख्या अमेरिकन र बेलायतीहरुले पनि ओगटेका छन् ।  

तथ्यांक अनुसार सबैभन्दा धेरै एक तिहाई संख्या अवैधानीक अप्रवासी चीन तथा मलेसियाबाट रहेका छन् । त्यस्तै ५ हजार १ सय ७० अमेरिकी र ३ हजार ६ सय ८० बेलायती नागरिक अष्ट्रेलियामा लुकेर बसेका छन् ।  

विद्यार्थी र पर्यटक भिसामा आउने उनीहरु छोटो समयमै धेरै पैसा कमाउन सकिने र उच्च जीवनस्तरका कारण भिजाको म्याद सकिसक्दापनि अष्ट्रेलियामै बस्ने गरेको कारण पनि सरकारले निक्र्योल गरेको छ ।

विशेष