स्वास्थ्य

विश्वभर पोलियो भ्याक्सिनको अभाव !

विश्वभर पोलियो भ्याक्सिनको अभाव !

काठमाडौं । बालबालिकालाई दिइने अति महत्वपूर्ण पोलियो भ्याक्सिन आइपिभीको विश्वव्यापी रूपमा अभाव देखिएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई दिइने आइपिभी इन्एक्टिभेटेड पोलियो भ्याक्सिनको नेपालमा पनि अभाव देखिएको छ ।

सरकारले मुलुकबाट पोलियो उन्मूलन गर्न विगत एक वर्षदेखि पोलियो थोपासँगै सुईबाट दिइने आइपिभी भ्याक्सिन पनि सुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै आइपिभी पोलियो भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन ल्याउने निर्णय गरेको बाल स्वास्थ्य महाशाखा खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताए ।

एफआइपिभी ल्याउने सरकारको निर्णय

आइपिभी भ्याक्सिनको चरम अभाव देखिएपछि सरकारले एफआइपिभी नामक नयाँ भ्याक्सिन ल्याउने तयारी गरेको छ । यो भ्याक्सिन पनि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले दिनेछ । आइपिभी बच्चा जन्मिएको १४ हप्ताको उमेरमा एकपटक दिइन्थ्यो भने एफआइपिभी बच्चा जन्मेको ६ हप्ता र दश हप्ता पुगेपछि पुनः अर्कोपटक दिइन्छ । ‘आइपिभी भ्याक्सिनको ठाउँमा एफआइपिभी भ्याक्सिन पर्याप्त उत्पादन हुने भएकाले नेपालले यो भ्याक्सिन खरिदमा गर्ने निर्णय लिएको हो,’ घिमिरेले भने ।नयाँ पत्रिका दैनिकबाट

विशेष