प्रवास

इण्डोनेसियामा नेपालीमाथी प्रहरीको गोली, एकजनाको मृत्यु

इण्डोनेसियामा नेपालीमाथी प्रहरीको गोली, एकजनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाली प्रहरीले लागुऔषध कारोबारमा संलग्नहरुमाथि गरेको प्रहरी कारबाहीमा एक नेपाली मारिएका छन् ।

३४ बर्षीय शरणकुमार तामाङलाई सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जारी गरेका समाचारमा उल्लेख छ ।  
उनलाई सोधपुछका क्रममा प्रहरीको हतियार खोसेका कारण गोली हानेको उल्लेख छ ।

‘हामीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका थियौँ, जकार्ता मेट्रो प्रहरीका प्रमुख कोम्बेस रोमा हुताजुलुले भने, ‘तर, उनले एक अफिसरलाई धकेल्दै हतियार खोस्ने प्रयास गरे । बाध्य भएर उनीमाथि गोली चलाउन पर्‍यो । 

पछि उनको होटलको २०४ नम्बर कोठामा खोजी गर्दा ३ दशमलव ४ केजी लागुऔषध पनि फेला परेको बताइएको छ । उनी कहिले, कसरी इन्डोनेसिया पुगे र नेपालमा उनको स्थायी ठेगाना कहाँ हो भन्ने समाचारमा केही खुलाइएको छैन ।

विशेष