एनटीसीको ल्याण्डलाइन बिलिङ सेवा दुई दिन बन्द हुने

काठमाडौं । नेपाल टेलिकमको ल्याण्डलाइन कारोबार सेवा बन्द हुने भएको छ । टेलिकमले ल्याण्डलाईनको बिलिङ सेवा माइग्रेट गर्न लागेकोले सेवा अवरुद्ध हुने भएको हो ।
टेलिकमले आज बुधबार ३ गतेबाट भोली ४ गतेसम्म ल्याण्डलाईनका सम्पूर्ण कारोबार बन्द हुने बताएको छ । टेलिकमले पुरानो बिलिङ प्रणालीलाई माइग्रेट गर्न लागेकाले सम्पूण कारोबार सेवा बन्द रहेने भएको हो ।
landline nepal telecome