को सँग हुँदैछ ऋतिकको दोस्रो बिहे ?
बलिउडका चर्चित नायक ऋतिक रोशनले फेरी विवाह गर्ने खबरले चर्चा पाउन थालेको छ । भारतका सञ्चार माध्यमका अनुसार ऋतिक रोशनले अर्को विवाह गर्दैछन् ।
उनको सन् २०१४ मा पत्नी सुजैनसँग डिबोर्स भएको थियो । त्यसपछि उनको जिवनमा ठुलो हलचल मच्चिएको थियो । तर अब उनको जिवनको उतार चडाव हटेर जाने र जिवनमा नयाँ परिवर्तन हुने भारतका सञ्चार माध्यममा बताईएको छ । पछिल्लो केहि दिन देखिनै उनको विवाहको विषयलाई लिएर निकै चर्चा चलेको छ ।
रोशनको बिहेको हल्ला सँगै अब को सँग ऋतिकले बिहे गर्ने वाला छन् भनेर चासोको विषय बनेको छ । भारतका मीडियाको रिपोर्टका अनुसार भन्ने हो भने कोहि नयाँ नभएर उनकै पहिलो पत्नि सूजैन खानसँग बिहे हुने बताईएको छ ।
पछिल्लो केहि दिन यता ऋतिक र सूजैन नजिकिएको र प्राय जसो सबै ठाउँमा सँगै देखिने गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । यति मात्र नभएर केहि विदेशका कार्यक्रममा सँगै देखिएका उनीहरुलाई भारतमै भएका केहि पार्टीमा पनि सँगै देखिएको थियो ।
केहिदिन अघि मात्र जन्म दिन मनाएका ऋतिकको लागि स्पेसल पार्टीको समेत सूजैनले आयोजना गरेकी थिइन् । जसमा स्पेसल गेष्टहरु समेत उपस्थित थिए ।