मनोरञ्जन

जन्मदिन मनाउँदै निश्चल बस्नेत, कति वर्षका भए ?

जन्मदिन मनाउँदै निश्चल बस्नेत, कति वर्षका भए ?

नेपालका चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेतले आज जन्मदिन मनाउँदैछन् ।

 

एक सफल निर्देशक तथा कलाकार बस्नेतको आज ३७ औँ जन्मदिन परेको हो । व्रिकम सम्वत २०३७ साल माघ ३ गते काठमाण्डौमा जन्मेका निश्चल परिवारको माइलो सन्तान हुन् । उनकी एक जना दिदी र एक जना बहिनी छन् । बस्नेत प्राय सबैको प्रिय कलाकार र निर्देशक बनेका छन् ।

 

निश्चलले पहिलो पटक निर्देशन गरेको फिल्म ‘लुट’ एक सफल अनि चर्चित फिल्म बन्न सकेको थियो । यो सिनेमाले नेपाली सिनेमाको धार नै परिवर्तन गरिदिएको थियो ।

 

त्यसपछि उनले टलकजंग भर्सेज टुल्के, लुट २ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका छन् । यसका अलावा उनले सिनेमा ‘पर्व’मा समावेश गीत ‘काले दाई’मा आईटम डान्स गरेका छन् भने सिनेमा ‘दुई रुपैयाँ' मा अभिनेताको रुपमा काम गरेका छन् । यस अघि उनले ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा पनि अभिनय गरेका छन् जस्लाई सबैले रुचाएका थिए ।

nischal basnet birthday

विशेष