धनकुटामा प्रदर्शनकारी र प्रहरीबीच झडप, दुर्इ प्रदर्शनकारी घाइते
धनकुटा । राजधानी ताेक्नु पर्ने बिषयलार्इ लिएर धनकुटामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे छ । धनकुटालार्इ प्रदेश नं. १ काे राजधानी घाेषणाकाे माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच छडप भएकाे हाे ।
प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने प्रयास गर्दा झडपकाे स्थिति सृजना भएकाे हाे । झडपका क्रममा दुई जना प्रदर्शनकारी घाइते भएका छन्। झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठ र अजित पाख्रिन घाइते भएका हुन्। श्रेष्ठको टाउकोमा चोट लागेको छ भने पाख्रिनको हातमा चोट लागेको छ ।
आक्रामक रूपमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै गेटबाट भित्र पसेका थिए। मुल गेटमा दर्जनौंको संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनावग्रस्त बनेको हो।
सोही क्रममा आन्दोलनकारीले कार्यालयमा ढुंगासमेत प्रहार गरेका थिए । अहिले पनि आन्दोलनकारीले कार्यालय घेराउ गर्दै नाराबाजिसहति प्रदर्शन गरिरहेका छन्।
यसैबीच बन्द अवज्ञा गरेको भन्दै बुधबार धनकुटामा एउटा मोटरसाइकल आन्दोलनकारीले तोडफोड गरेका छन्। धनकुटा–६ स्थित ढाटमा को २६ प ५६११ नम्बरको मोटरसाईकल आन्दोलनकारीले तोडफोड गरेका हुन्।