खेल

दक्षिण अफ्रिका एक खेल अगावै भारतविरूद्धकाे टेस्ट शृंखलामा विजयी

दक्षिण अफ्रिका एक खेल अगावै भारतविरूद्धकाे टेस्ट शृंखलामा विजयी

दक्षिण अफ्रिकाले भारतविरूद्धकाे टेस्ट क्रिकेट शृंखला एक खेल अगावै जितेकाे छ । 

तीन खेलकाे शृंखलामा लगातार दुर्इ खेल जितेर दक्षिण अफ्रिकाले शृंखलामा अाफ्नाे कब्जा जमाएकाे हाे । 

दाेस्राे खेलमा घरेलु टाेली दक्षिण अफ्रिका १३५ रनले विजयी भयाे । २८७ रनकाे लक्ष्य पछ्याएकाे भारत बुधबार १५१ रनमै अलअाउट भएपछि भारतले लज्जास्पद हार व्यहाेरेकाे हाे । ५० अाेभर २ बलमात्र टिक्न सकेकाे भारतका लागि राेहित शर्माले सर्वावाधिक ४७ रन जाेडे । 

अाफ्नाे डेब्यु खेलमा रहेका दक्षिण अफ्रिकाका २१ वर्षीय खेलाडी लुंगी गिदीले जम्मा ३९ रन खर्चेर ६ विकेट लिएपछि भारतकाे ब्याटिङ लाइन टिक्न सकेन । ‘म्यान अफ द म्याच’ घोषित गिदीले पहिलो इनिङसमा एक विकेट लिएका थिए । 

खेलमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३३५ तथा दोस्रो इनिङ्समा २५८ रन बनाएको थियो ।

भारतले पहिलो इनिङ्समा विराट कोहलीको १५३ रनको मद्दतमा ३०७ रन बनाएको थियो । यसअघि भएको पहिलो खेलमा भारत ७२ रनले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट खेल माघ १० गतेदेखि जोहानेसवर्गमा खेल्नेछ ।

Test Cricket india vs south africa

विशेष