नेपाल अार्मी र पुलिस सेमिफाइनलमा प्रवेश

दाङ । राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा दुर्इ विभागीय टाेली नेपाल अार्मी र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले पूर्वाञ्चललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे । आर्मीलाई जित दिलाउन विवेक बस्नेतले १७औं तथा दीप लामाले ८८औं मिनेटमा गोल गरे ।
त्यस्तै पुलिसले पश्चिमाञ्चललाई ४–० गोलले पराजित गरेकाे हाे । पुलिसका लागि सुमन लामाले २ गाेल३१औँ र ६४ औं मिनेटमा गरे भने निर कुमार राई र भोला सिलवालले २८औं र ४३औं मिनेटमा एक-एक गोल गरे।
अब सेमिफाइनलमा पुलिसले एपीएफ तथा आर्मीले सुदूरपश्चिमाञ्चलसँग खेल्नेछ । दुवै खेल बिहीबार हुनेछ ।
RAKHEPA football