मुख्य समाचार

नेवानिको एयरबस दिल्लीमा ग्राउन्डेड

नेवानिको एयरबस दिल्लीमा ग्राउन्डेड

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस दुई सातादेखि नयाँ दिल्लीमा ग्राउन्डेड भएको छ । एयरबसको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको नेवानिका महानिर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

कंसाकारले भने, ‘जहाजको इन्जिनमा समस्या देखिएको छ, इन्जिन मर्मतमा समय लाग्छ ।’ इन्जिन मर्मत गर्न समय लाग्ने भएपछि नेवानिले इन्जिन भाडामा लिने तयारी गरेको छ ।

निगमले चार बर्षअघि मात्रै खरिद गरेको एयरबसको इन्जिनमा समस्या आएको हो । नेवानिले तीन महिनाका लागि मासिक दुईदेखि तीन करोड रुपैयाँ खर्च गर्दै इन्जिन भाडामा लिन लागेको छ । आजको अन्नपूर्णमा खबर छ ।

विशेष