मनोरञ्जन

अन्त्यतः पद्मावतले जित्यो कानुनी लडाइँ, भारतका सबै राज्यमा रिलिज हुने

अन्त्यतः पद्मावतले जित्यो कानुनी लडाइँ, भारतका सबै राज्यमा रिलिज हुने

नयाँ दिल्ली । भारतीय सर्वाेच्च अदालतले चलचित्र मद्यावतको पक्षमा आदेश जारी गरेको छ । विभिन्न राज्यले लगाएको प्रतिवन्ध विरुद्ध मंगलबारर निर्माता समूहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

अदालतले मध्य प्रदेश, राजस्थान, गुजरात तथा हरियाणामा लगाइएको प्रतिवन्ध फुकुवा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विहीबार सुनुवाइ गर्दै सर्वोच्चले देशभर फिल्म रिलिज गर्न आदेश जारी गरेको हो ।

फिल्ममा आफूहरुको इतिहास तोडमोड गरेको भन्दै राजपूत समुदायले तिव्र विरोध गरेका थिए । उनीहरुलाई फिल्मलाई रिलिज नगर्न समेत चेतावनी दिएका थिए । विरोध चर्किएपछि पद्यावतीबाट पद्यावत नाम परिवर्तन गरिएको छ ।

फिल्ममा दीपिका पादुकाेण, रणवीर सिंह, साहिद कपुर लगायतले अभिनय गरेका छन् । मद्मावतलार्इ सञ्जय लिला भन्सालीले निर्देशन गरेका हुन् । 

विशेष