समाज

यस्तो फेसबुक ग्रुप जहाँ महिलालाई निषेध

पुरुषलाई निषेध गर्दै महिलाको भिन्दै ग्रुप

यस्तो फेसबुक ग्रुप जहाँ महिलालाई निषेध

 

पुरुषमात्रै हुंदा जे कुरापनि मज्जाले भन्न पाइन्छ । मर्यादाको मापदण्डले खुम्चयाउंदैन । केसीका अनुसार खुलेर कुरा गर्न नपाइने हुंदा महिलालाई प्रतिबन्ध लगाइएको हो । सदस्य महिला हो की होइन भन्ने कडा सोधी खोजि हुन्छ । त्यसपछि बल्ल सदस्यको प्रमाणीकरण हुन्छ । महिलाको रुममा पुरुष छिरे के होला ? ग्रुपको एडमिन आफ्नो गोपनियता र संवेदनशिलताका बारेमा सचेत छ ।

 

सामाजिक संजाल फेसबुक संवादका लागि हो । र, फेसबुकमा सबैभन्दा बढी महिला र पुरुषका बीचमा संवाद हुन्छ भन्दा अन्यथा हुंदैन । तर, पोखराका आठ युवकले यस्तो फेसबुक ग्रुप बनाएका छन् जहां महिलाहरुलाई सदस्य बन्न र संवाद गर्न निषेध गरिएको छ ।

२०११ डिसेम्वर मा खेलिएको मेन रुम रिलोडेड एमआरआरका झण्डै १ लाख सदस्य छन् । ति सबै पुरुष हुन् । ग्रुपका एक एडमिन विक्रम केसीका अनुसारमा पुरुषमात्रै हुंदा जे कुरापनि मज्जाले भन्न पाइन्छ । मर्यादाको मापदण्डले खुम्चयाउंदैन । केसीका अनुसार खुलेर कुरा गर्न नपाइने हुंदा महिलालाई प्रतिबन्ध लगाइएको हो ।

ग्रुपको सदस्य बन्नका लागि ग्रुप सदस्य मध्ये कसैले कम्पुटरबाटै निम्ता दिन्छ । गु्रप सदस्य मध्ये कसैले तपाईलाई दिएको निम्ता एडमिनले जांच गर्छ । तपाई पुरुष नै हो भन्ने निश्चित भएपछि तपाईको सदस्यता स्विकारिन्छ । अनि तपाईको विन्दास पोष्ट चल्न थाल्छ । पुरुषहरुको कक्षमा के हुन्छ ? तपाई सजिलै अनुमान गर्न सक्नुहुन्छ । 

शुरुमा त ग्रुप टाइमपासका लागिमात्र थियो । विस्तारै ग्रुप सदस्यका बीचमा सामाजिक कामका बारेमा चर्चा हुन थाल्यो । रमाइलो माहोलमा कर्तव्यको विऊं रोपियो । गत हिंउदमा धादिङ्गको चेपाङबस्तीका लागि लत्ताकपडा संकलन गरे । कठ्याङ्ग्रिएको चेपाङबस्तीमा उनीहरुको अभियानले न्यानो दियो । ‘शुरुमा पुरुषका मनका कुरा लेख्ने भन्ने हेतुले महिलालाई निषेध गर्‍यौं, अहिले यो पुरुषमात्र हुनु हाम्रो विशेषता भइसक्यो ।

अब भने सामाजिक कामका लागि ग्रुपलाई उपयोग गर्ने हाम्रो लक्ष्य छ ।’ ग्रुपका एडमिन केसीको भनाइ छ । यो वर्ष एमआरआरले काठमाडौंमा राष्ट्रिय संपदाहरुको सरसफाई गर्ने योजना बनाएको छ । हुम्ला र कालिकोटमा स्वाश्थ्य शिविर संचालन गर्नेबारेमा ग्रुपमा छलफल जारी छ । त्यसका लागि जापानमा रहेका ग्रुपका सदस्यहरुले आर्थीक सहयोग गर्नेछन् । नेपालमा रहेका सदस्यल शिविरमा खटिने स्वास्थ्यकर्मीको खोजीमा छन् ।

वुमन रुम रिलोडेडपनि

13187733_1405568532802171_1421131356_n

शुरुमा महिलाले आफुहरुलाई निषेध गरेको पत्तै पाएनन् । विस्तारै उनीहरुले सुंइको पाए । हामीपनि के कम ? केही महिलाका बीचमा कुराकानी हुन थाल्यो । पुरुषहरुलाई निषेध गरिएको फेसबुक ग्रुप जन्मियो :वुमन रुम रिलोडेड । सदस्य महिला हो की होइन भन्ने कडा सोधी खोजि हुन्छ । त्यसपछि बल्ल सदस्यको प्रमाणीकरण हुन्छ ।

महिलाको रुममा पुरुष छिरे के होला ? ग्रुपको एडमिन आफ्नो गोपनियता र संवेदनशिलताका बारेमा सचेत छ । सुरुमा यो ग्रुप एम आर आर कै देखासिखिमा खोलिएको थियो देश बिदेशमा फैलिएका नेपाली महिलाहरुको यो संजालमा रमाईला रमाईला पोष्टहरु सेयर हुन्थे । पछि सदस्यहरुलाई आंशका भयो: कतै ग्रुप पेजको एडमिन महिलाको छद्यम भेषमा पुरुष त होइन ?

13199036_1405568539468837_1077447279_o

१५ हजार सदस्य भइसकेका थिए । एडमिन को हो भन्ने पुष्टि नभएपछि सदस्यलाई फसाद पर्‍यो । रातारात अर्को ग्रुप बनाइयो । अमेरीकामा बसोवास गर्ने श्रद्धा, अष्ट्रेलियामा पढ्ने रोस्नी लगायत १० जना मिलेर रातारात यो पेजको बनाएका थिए । अहिले यसका करीब १०००० सदस्य छन् । “सायद कुनै पुरुषनै थियो होला त्यो, वुमन रुम चलाउने व्यक्ति ।” एडमिन रोश्मीले भनिन् ।

सुरुमा त ग्रुपले रत्यौलीमा झैं रमाइलो गथ्र्यो । विस्तारै सामाजिक क्रियाकलापमा अग्रसर भयो यो ग्रुप । सर्वप्रथम काठमाण्डौमा महिला हिंसा विरुद्ध शान्ति र्‍यालि निकालेर सामाजिक कार्य थालेको ग्रुपले अहिले विभिन्न ठाऊंहरुमा बृद्धाहरुका लागि बृद्धाभोज कार्यक्रम आयोजना गर्दैछ ।

पहिलो रोजाइमा काठमाडौं, इटहरी, भैरहवा परेका छन् । बनभोजका लागि बिवेकशिल नेपाली र एम आर आरले सहकार्य गरेका छन् । कसैलाई आपतकालिन सहयोग चाहियो भने ग्रुपका मेम्वरहरुले सक्दो सहयोग पनि संकलन गर्ने गरेको एडमीन रोश्मी बताउछिन । पानी पुरी र उखुको रस बेचेर वृद्ध भोजको खर्च जोहो गर्न लागिएको छ ।

विशेष