मनोरञ्जन

'मिस्टर झोले'को छ दिनको कमाइ पत्याउनै गाह्रो !

'मिस्टर झोले'को छ दिनको कमाइ पत्याउनै गाह्रो !

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र मिस्टर झोलेले पाँचदिनमा २ करोड २२ लाख ग्रस संकलन गरेको छ । विहीबार चलचित्रका निर्माताले एक प्रेसमिटमा सो कुराको जानकारी दिएका हुन् ।

चलचित्रले छैटौँ दिन देशैभर २६ लाख ग्रस बटुल्न सफल भएको प्रेसमिटमा चलचित्रका निर्माताद्वय टेकेन कड्का र रौनक विक्रम कडेलले बताए । पाँचौ दिन र छैटौँ दिनको कमाइ समान रहेको बताइएको छ ।

एक करोड ५३ लाख बजेटमा बनेको चलचत्रिले छ दिनमा २ करोड ४८ लाख कमाएको हो । फिल्मलाई हङकङ र अष्ट्रेलियाका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको कलाकार दयाहाङ राईले जानकारी दिए । उनले कमेडी पाटो र कलाकारको अभिनयलाई दर्शकले रुचाएको बताए ।

रामबाबु गुरङ निर्देशित चलचित्रमा दायाहाङ, दीया पुन, वर्षा राउत, बुुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्कीलगायतले अभिनय गरेका छन् । दुई घण्टाको चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । अहिले चलचित्रको प्रदर्शन जारी रहेको छ ।

विशेष