हाँस्यकलाकार गजुरेल दम्पत्तिकाे सम्बन्ध विच्छेद !
हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचार बाहिरिएकाे छ । उक्त समाचारले उनका शुभचिन्तकहरू आश्चर्यमा परेका छन् ।
मनोज र उनकी पत्नि मिनाले दुवै पक्षकाे पारिवारिक सहमति र सल्लाहपछि उनीहरू व्यवहारिक, कानुनी र अार्थिक रूपमा अलग–अलग भएका हुन् ।
सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो । केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए ।
कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।
मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् ।
divorce